उपचारले मात्र हुँदैन, मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ: डब्ल्यूएचओ नेपाल प्रमुख

samabesi
  |   
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares

बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढीरहेकाले उपचार भन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्ने तर्फ सबै सचेत इमान्दार हुन आवश्यक रहेको बताए । संक्रमण नियन्त्रणका लागि खोप महत्वपुर्ण तथा शक्तिशाली उपाय भएपनि खोपको तत्काल सुनिश्चिता र पहुँचमा नरहेकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्नेमा उनले जोड दिए ।

२ सय ७५ भन्दा बढी खोपहरु विकासको चरणमा रहेको र ९१ को चिकित्सकिय रुपमा प्रयोग भई नियामक निकायले कतिपयलाई आपतकालिन प्रयोगका लागि पनि अनुमति दिइसकेकाले केही आशाका किरण पनि देखा पर्न थालेको उल्लेख गरे । उनले विश्व नै एकिकृत हुनसक्ने हो भने खोपको पर्याप्त उत्पादनमा अभूतपुर्व तिब्रता हासिल गर्न सकिने विश्वास व्यक्त गरे । तर त्यसका लागि सबै सरकारहरुबाट तत्कालै महत्वपुर्ण राजनीतिक तथा आर्थिक प्रतिवद्धता आवश्यक पर्ने उनले बताए । दक्षिण पुर्वी एशिया र विकासशिल राष्ट्रहरुमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन बताए ।

samabesi
प्रकाशित मिति: बैशाख २९, २०७८
10 Shares