बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भोलि (सोमबार) देखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । यसका लागि खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक प्राविधिक सम्पूर्ण काम पूरा गरेको छ । मन्त्रालयका सचिव माधब बेल्वासले आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने जानकारी दिए । ‘आवश्यक प्राविधिक परीक्षण सकेर सुरुङमा पानी भर्न भो...