नेपाल सुपर लिग : काठमाडौंसँगको हारसँगै बाहिरियाे चितवन

samabesi
  |   
प्रकाशित मिति: बैशाख २८, २०७८
21 Shares

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार भएकाे लिग चरणको अन्तिम खेलमा प्ले अफमा स्थान पक्का गरिसकेको काठमाडौं रेजर्सले एफसी चितवन पराजित गरेकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काठमाडौंले चितवनलाई २-१ ले पराजित गरेकाे हाे। याेसँगै चितवन जितविहीन हुँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ। लिगमा चितवनले ६ खेल खेल्दा दुई बराबरी र चार हारको नतिजा निकाल्यो।

काठमाडौंका मेसौके ओलुमोउ र सन्जोक राईले गोल गर्दा चितवनका राजीव लोप्चनले एक गोल फर्काए।

१६औं मिनेटमा विश्वास उदासको लामो पासमा मेसौके ओलुमोउले गोल गर्दै काठमाडौं रेजर्सलाई अग्रता दिलाए।

३३औं मिनेटमा सन्जोकले गोल गर्दै काठमाडौंको अग्रता दोब्बर पारे। विश्वास श्रेष्ठको क्रसलाई सन्जोकले सहजै फिनिस गरेका थिए।

samabesi
प्रकाशित मिति: बैशाख २८, २०७८
21 Shares